चरम औद्योगिकीकरण, चुस्त व्यबस्थापन र कडा नियम कानून जर्मनीका बिशेषता हुन् तर संसारले सधैँ प्रशंसा गर्ने र अचम्म मान्ने यहाँको फोहर व्यबस्थापनको तरिका पनि हो। नौ करोड हाराहारी जनसंख्या भएको देशमा यति सजिलै कसरी फोहर व्यबस्थापन गरेको होला भन्ने उत्सुकता ममा पनि सधैँ रहिरह्यो । त्यसैले मैले यो कसरी सम्भव रहेछ भनेर विभिन्न श्रोतबाट केहि अनुसन्धानहरु गरें, कति कुरा म आफैले पनि देखेको छु । यिनै कुराहरु म यहाँ उल्लेख गर्दैछु। मेरो चाहना भनेको नेपाल सरकार, नेपाली जनता र नेपाली नेताहरुले पनि यी कुरा मनन गरुन् र नेपालमा कसरी दिगो रुपमा फोहर व्यबस्थापन गर्न सकिन्छ भन्ने अनुसन्धान सुरु गरिहालुन् भन्ने हो । यहाँको तरिका नेपालमा पूर्णरुपमा लागू नभए पनि 20% मात्र गर्न सक्यो भने अहिलेको फोहर व्यबस्थापनमा धेरै सहजता आउँछ र फोहरको नाम मा हुने विभिन्न खाले राजनीति बन्द हुन्छ । हामीलाई संसार बाट सिक्ने अवसर छ, किन नसिक्ने ? अनि सिकेका कुरा किन लागू नगर्ने ?
जर्मनीमा फोहर ब्यबस्थापनमा बिषेशत निम्न कुराहरुमा ध्यान दिइएको छ ,
|
Household mobile container |
|
Big mobile container |
|
Big Roll off container |
|
A Skip container
|
- प्रबिधि - पक्कै पनि प्रबिधि अति आबस्यक छ जस अन्तर्गत निम्न कुराहरु छन्: १) फोहर संकलन र ढुवानी: संकलनको लागि उपयुक्त कन्टेनर र ढुवानी को लागि उपयुक्त साधन आवस्यक पर्छन् । जर्मनीमा प्रयोग हुने केहि कन्टेनरहरु चित्रमा देखाइएका छन्
२ ) फोहर भण्डारण र प्रसोधन : विभिन्न प्रकारका फोहर भण्डारण गर्न विभिन्न landfill sites हरु हुन्छन्, उचित ठाउँ र बिशेस जग्गा छुट्याउनु सरकार को दायित्व अन्तर्गत पर्दछ। यसरि भण्डारण गरिएका विभिन्न बस्तुलाई छुट्टा छुट्टै प्रसोधन गरिन्छ। कागज पत्र , ग्लास , साना साना पाकेट , ठुला पाकेट , कुहिने पदार्थ नकुहिने पदार्थ आदि लाइ पहिला नै विभिन्न कन्टेनर मा छुट्टाइएका हुन्छन्। कुन रंग को कन्टेनर मा के राख्ने भन्ने नियम हुन्छ जस्तै नीलो कन्टेनर मा पेपर मात्र राख्न पाउछ, कालो मा कुहिने बस्तु इत्यादि। यसरि छुट्टा छुट्टै कन्टेनर बाट गाडी मा हप्तामा एकपटक फोहर जम्मा गरिन्छ र landfill sites मा प्रसोधन्को लागि लगिन्छ।
|
Advanced digital container |
|
Loaded collection vehicle |
|
Collection vehicle |
|
Container in public stores |
|
Recycling Drop off container |
|
Collection vehicle |
- संरचना : यो काम कसले गर्ने त ? जर्मनीमा 1000 भन्दा बढी साना र ठुला प्राइभेट तथा पब्लिक संस्थाहरु फोहर ब्यबस्थापनमा संलग्न छन् । घरायसी फोहर मैला ब्यबस्थापनमा प्राइभेट संस्थाको 65% भन्दा बढी संलग्नता देखिन्छ, यो हाम्रो लागि एउटा ठुलो उपदेश पनि हो प्राइभेट संस्थालाई यस्तो कार्यमा संलग्न गराउने र बढी भन्दा बढी प्रतिस्पर्धा गराउने।
- नियम कानून: प्राइभेट र पब्लिक सेक्टरमा हुने यस्ता प्रतिस्पर्धालाई कानुनमा व्यवस्था गरेर मिलाइएका छन् र प्रत्येक राज्यका आफ्नै नियम कानून छन्। तर जर्मनीले मात्र हैन EU भरिका राष्ट्रहरुले बिशेस कानून अनुसार बिसेस प्रकारका फोहर मैलाको उचित ब्यबस्थापन गर्नै पर्छ। जस्तै closed substance cycle and waste management act जस अन्तर्गत पुन प्रयोग गर्न सकिने बस्तुलाई पुन प्रयोग गर्नु पर्छ, packaging act - सहि र पुन प्रयोग गर्न सकिने प्याकेज लाइ पुन प्रयोग गर्नु पर्छ , यो स्टोर र पसलहरुमा पालना गर्नुपर्छ , end-of-life vehicle act , battery act, waste deposit act जस्ता अरु थुप्रै नियमहरु पालना गर्ने पर्छ (http://www.retech-germany.net /english /topics / waste_management_made_in_germany/legislation/dok/199.php )
- लगानी (वित्त ): यस्ता संस्थाहरु कसरी चलेका छन् र कसले लगानी गरेको छन् ? जर्मनीमा "polluter-pays" भन्ने चलन छ अर्थात् जसले बढी फोहर पैदा गर्छ उसले बढी तिर्छ। यसले पुन प्रयोग हुने सामानलाई पुन प्रयोग गर्न पनि प्रोत्साहन गर्छ। किन-बेचका फोहर हुन् भने किन्ने र बेच्ने दुवै पैसा तिर्न भागिदार हुनु पर्छ अथवा पुन प्रयोग हुने वस्तु पुन प्रयोग गर्नु पर्छ। कति साना उद्योग हरुले पुन प्रयोग हुने फोहर जम्मा गरेर बेच्दै आम्दानि गर्न सक्छन र अरु धेरै राष्ट्रहरुमा जस्तै जर्मनीमा पनि कतिपय बिशेस खर्चमा सरकारले कर तिरेको पैसा पनि लगानी गर्छ तर सरकारी काम सधै सोचे जस्तो भरपर्दो र छिटो नहुने हुनाले प्राइभेट र पब्लिक सेक्टर नै बढी लोकप्रिय छन्।
- अनुसन्धान / अध्ययन : जुनसुकै देश जर्मनी, जापान या अमेरिका विकास हुनुको महत्वपुर्ण कारण भनेको त्यहाँ हुने अनुसन्धान र अध्यापनको गुणस्तर नै हो । उपयुक्त समयमा उपयुक्त शिक्षा दिनु र नया नया कुरामा निरन्तर अनुसन्धान गरेर नै अहिले को विकास सम्भव भएको छ। त्यसैले अध्यन र अनुसन्धानलाई सधै प्रोत्साहन गर्नु पर्छ। जर्मनीका प्रत्येक ठुला विश्वबिद्यालयहरुमा फोहर ब्यबस्थापन सम्बन्धि पढाइन्छ र अनुसन्धान गराइन्छ जस्तै waste management and landfill technology, Höxter; Renewable energy and process efficiency, Hamburg; Environment and Resource logistics, Dortmund; Sustainable Energy and environmental technology, Göttingen; Institute for sanitary engineering, water quality and solid waste management, Stuttgart; Department of processing and Recycling, Aachen and so on... यसरी नया नया प्रबिधि र जनशक्ति विकास हुदै जान्छ।
म स्वच्छ काठमाडौँ मात्र हैन स्वच्छ नेपाल र स्वच्छ पृथ्वी को समर्थक हुँ। त्यसको लागि हामीले बैज्ञानिक तरिका अपनाउनु नै पर्छ । नेपाल जस्ता देशले अरु राम्रो र बिकसित देशहरु बाट सिक्नुपर्छ र सकेसम्म चाडो फोहर ब्यबस्थापन र बाताबरण सम्रंक्षणमा ध्यान दिनुपर्छ । कुन देश राम्रो कुन नराम्रो भनेर सराप्न छोडौ, पहिला हाम्रो देशलाई राम्रो र सुन्दर बनाउन तिर लागौं न ।
No comments:
Post a Comment