Wednesday, October 12, 2016

यातयात व्यवस्था

सवारी दुर्घटना नेपालको एउटा प्रमुख समस्या हो, सरकारवाला र सरोकारवाला हरुलाई हेर्दा त यस्तो लाग्छ उनीहरुलाई साधारण जनताको ज्यानको कुनै प्रबाह नै छैन। घटना घटेपछि facebook  र twitter  मा समबेदना लेखेर नेता र सरोकारवाला पन्छिने गरेका छन्  र  घटनाको बास्तबिकता त्यतिकै सेलाएर जाने गर्छन।  यसको विस्तृत अध्ययन किन हुदैनन् ?  यस्ता घटना किन घट्छन, त्यसको सहि र वास्तविक अनुसन्धान हुनु जरुरी छ र सोहि अनुरुप न्यूनीकरणका उपाय अपनाउनु नै पर्छ र दोषीलाई कारबाही गर्नैपर्छ। यी दुर्घटनामा दोषी को त भन्ने प्रश्न आउँछ होला पक्कै पनि।  कोहि न कोहि दोषी नभए दुर्घटना त अवश्य घट्दैन।

दोषी को को हुन सक्छन ?
१. थोत्रो सवारी साधन - यसको दोषी पक्कै पनि सरकारको कम्जोर नीति र गाडी साहुजीहरुको सर्वसाधारण      प्रतिको अनुत्तरदायित्व हो। समाधान भनेको सम्पूर्ण सडक मा गुड्ने सवारी साधन को सबै जानकारी                  सरोकारवालाले digital माध्यममा राख्नु हो, यसो गर्दा कुन साधनको आयु कति भयो, कुन साधन कहिले सम्म      चलाउन मिल्छ, कस्तो भौगोलिक बनावटमा कुन साधन चलाउने र कसले कति यात्रु बोक्ने भन्ने सबै                    जानकारी हुन्छ र त्यो  जानकारी चालक र सवारीसाधन धनी र जनता सबैलाई दिनुपर्छ।  यसो गर्दा ज्यान           जोखिममा राख्न कसैले चाहदैन  र सबैजना सजग हुनेछन्, चालक थोत्रो गाडी चलाउन र यात्रु थोत्रो गाडी चढ्न। 

२. असक्षम चालक - यो रोक्ने एउटा मात्र उपाय भनेको license लिने नियम कडा भन्दा कडा बनाउनु नै हो। नेपालको भूगोल हेरेर एकदम अप्ठ्यारा बाटामा गाडी चलाउन छुट्टै training लिनु पर्ने प्राबधान हुनु पर्छ।  प्रशाशन यो बिषयमा सुधारिनु पर्छ।  यो गारो कुरा भने पक्कै हैन, यसलाई लागू गराउने हिम्मत हुनु पर्यो सरोकारवाला संग ।

३. लापरबाही - चालकको लापरबाहीले धेरै यात्रुको ज्यान जान सक्छ, त्यसैले चालकलाई सहि र उचित पारिश्रमिक दिनु पर्छ, साथसाथै सवारी चालक सम्मानका हकदार हुन्, उनीहरुलाई समाजले उचित सम्मान दिनै पर्छ।  प्रत्येक पेशाको सम्मान गर्न सके मात्र त्यो पेशाबाट अपेक्षा गरे अनुरुप फल प्राप्त गर्न सकिन्छ। सवारी चालक र यातयात व्यवसायीलाई सम्मानित गर्ने प्रचलन बसालौं। साथसाथै जानीजानी अरुको ज्यान लिने जस्तो लापरबाही गरेको थाहा पाए कडा भन्दा कडा सजायको प्राबधान गरौँ। 


 बर्षेनि नेपालमा यस्ता सवारी दुर्घटना बाट कमसे कम  ३०० -५०० सम्म मान्छेको ज्यान जान्छ होला, यसको कुनै तथ्यांक छ कि छैन सरोकारवालासंग ?

यातयात व्यवस्था, सानो सुरुवात तर ठुलो परिबर्तन कसरी  गर्ने ? संसार भरि को बिधि हरु नियाल्दा सर्बप्रथम सबै public सवारी साधन कुनै न कुनै संस्था अन्तर्गत चलाउने, नियम कानुन मिचे  संस्थालाइ कारबाही गर्ने र आफ्नो संस्था अन्तर्गतका सबै गतिबिधि राम्रो संग नियाल्ने जिम्मा संस्थालाई दिने।  त्यसो गर्दा जथाभाबी गर्ने संस्थाका कर्मचारीलाइ संस्थाले नै सजाय दिन सक्छ। यो तरिका बढी चुस्त र सजिलो हुन्छ। तर संस्था कुनै राजनैतिक स्वार्थ भन्दा माथि उठ्न सक्नु पर्छ। 

ठूला गाडी चल्न सक्ने सडकमा सकेसम्म साना गाडीहरु नगुडाउने र साना गाडीलाई बिस्तारै बिस्थापित गर्दै जाने, यो योजना सफल हुनै पर्छ, यसका लागि सरकारले बिशेस कदम चाल्नै पर्ने हुन्छ। विभिन्न रुटका गाडी हरुलाई छुट्टा छुट्टै नम्बर दिने र प्रत्येक नम्बर को गाडी कहाँ कहाँ पर्किङ्ग गर्ने भन्ने ब्यबस्था मिलाउने। यो कामको लागि सम्बन्धित निकायले सकेसम्म मेहनत गर्नु पर्छ र ठुला ठाउमा एक भन्दा बढी बस पार्क बनाउनु पर्छ।  सबै संस्थाको बसमा एउटा यन्त्र जडान गर्ने र त्यसलाई सिधै केन्द्र संग सम्पर्क गराउने, त्यसो गर्दा त्यो बस कहाँ पुग्यो र कुन गतिमा गुड्दै छ भन्ने सबै details केन्द्रलाई थाहा हुन्छ।  यो गर्नु अति आबश्यक छ , यसले जथाभावी गाडी रोकेर मान्छे चडाउने र धेरै समय गाडी रोक्ने जस्ता समस्याको समाधान गर्छ। यो सस्तो र भरपर्दो उपाय हो।  आजको बैज्ञानिक युगमा सबै सवारी साधनको database  किन नराख्ने ?