Wednesday, October 12, 2016

यातयात व्यवस्था

सवारी दुर्घटना नेपालको एउटा प्रमुख समस्या हो, सरकारवाला र सरोकारवाला हरुलाई हेर्दा त यस्तो लाग्छ उनीहरुलाई साधारण जनताको ज्यानको कुनै प्रबाह नै छैन। घटना घटेपछि facebook  र twitter  मा समबेदना लेखेर नेता र सरोकारवाला पन्छिने गरेका छन्  र  घटनाको बास्तबिकता त्यतिकै सेलाएर जाने गर्छन।  यसको विस्तृत अध्ययन किन हुदैनन् ?  यस्ता घटना किन घट्छन, त्यसको सहि र वास्तविक अनुसन्धान हुनु जरुरी छ र सोहि अनुरुप न्यूनीकरणका उपाय अपनाउनु नै पर्छ र दोषीलाई कारबाही गर्नैपर्छ। यी दुर्घटनामा दोषी को त भन्ने प्रश्न आउँछ होला पक्कै पनि।  कोहि न कोहि दोषी नभए दुर्घटना त अवश्य घट्दैन।

दोषी को को हुन सक्छन ?
१. थोत्रो सवारी साधन - यसको दोषी पक्कै पनि सरकारको कम्जोर नीति र गाडी साहुजीहरुको सर्वसाधारण      प्रतिको अनुत्तरदायित्व हो। समाधान भनेको सम्पूर्ण सडक मा गुड्ने सवारी साधन को सबै जानकारी                  सरोकारवालाले digital माध्यममा राख्नु हो, यसो गर्दा कुन साधनको आयु कति भयो, कुन साधन कहिले सम्म      चलाउन मिल्छ, कस्तो भौगोलिक बनावटमा कुन साधन चलाउने र कसले कति यात्रु बोक्ने भन्ने सबै                    जानकारी हुन्छ र त्यो  जानकारी चालक र सवारीसाधन धनी र जनता सबैलाई दिनुपर्छ।  यसो गर्दा ज्यान           जोखिममा राख्न कसैले चाहदैन  र सबैजना सजग हुनेछन्, चालक थोत्रो गाडी चलाउन र यात्रु थोत्रो गाडी चढ्न। 

२. असक्षम चालक - यो रोक्ने एउटा मात्र उपाय भनेको license लिने नियम कडा भन्दा कडा बनाउनु नै हो। नेपालको भूगोल हेरेर एकदम अप्ठ्यारा बाटामा गाडी चलाउन छुट्टै training लिनु पर्ने प्राबधान हुनु पर्छ।  प्रशाशन यो बिषयमा सुधारिनु पर्छ।  यो गारो कुरा भने पक्कै हैन, यसलाई लागू गराउने हिम्मत हुनु पर्यो सरोकारवाला संग ।

३. लापरबाही - चालकको लापरबाहीले धेरै यात्रुको ज्यान जान सक्छ, त्यसैले चालकलाई सहि र उचित पारिश्रमिक दिनु पर्छ, साथसाथै सवारी चालक सम्मानका हकदार हुन्, उनीहरुलाई समाजले उचित सम्मान दिनै पर्छ।  प्रत्येक पेशाको सम्मान गर्न सके मात्र त्यो पेशाबाट अपेक्षा गरे अनुरुप फल प्राप्त गर्न सकिन्छ। सवारी चालक र यातयात व्यवसायीलाई सम्मानित गर्ने प्रचलन बसालौं। साथसाथै जानीजानी अरुको ज्यान लिने जस्तो लापरबाही गरेको थाहा पाए कडा भन्दा कडा सजायको प्राबधान गरौँ। 


 बर्षेनि नेपालमा यस्ता सवारी दुर्घटना बाट कमसे कम  ३०० -५०० सम्म मान्छेको ज्यान जान्छ होला, यसको कुनै तथ्यांक छ कि छैन सरोकारवालासंग ?

यातयात व्यवस्था, सानो सुरुवात तर ठुलो परिबर्तन कसरी  गर्ने ? संसार भरि को बिधि हरु नियाल्दा सर्बप्रथम सबै public सवारी साधन कुनै न कुनै संस्था अन्तर्गत चलाउने, नियम कानुन मिचे  संस्थालाइ कारबाही गर्ने र आफ्नो संस्था अन्तर्गतका सबै गतिबिधि राम्रो संग नियाल्ने जिम्मा संस्थालाई दिने।  त्यसो गर्दा जथाभाबी गर्ने संस्थाका कर्मचारीलाइ संस्थाले नै सजाय दिन सक्छ। यो तरिका बढी चुस्त र सजिलो हुन्छ। तर संस्था कुनै राजनैतिक स्वार्थ भन्दा माथि उठ्न सक्नु पर्छ। 

ठूला गाडी चल्न सक्ने सडकमा सकेसम्म साना गाडीहरु नगुडाउने र साना गाडीलाई बिस्तारै बिस्थापित गर्दै जाने, यो योजना सफल हुनै पर्छ, यसका लागि सरकारले बिशेस कदम चाल्नै पर्ने हुन्छ। विभिन्न रुटका गाडी हरुलाई छुट्टा छुट्टै नम्बर दिने र प्रत्येक नम्बर को गाडी कहाँ कहाँ पर्किङ्ग गर्ने भन्ने ब्यबस्था मिलाउने। यो कामको लागि सम्बन्धित निकायले सकेसम्म मेहनत गर्नु पर्छ र ठुला ठाउमा एक भन्दा बढी बस पार्क बनाउनु पर्छ।  सबै संस्थाको बसमा एउटा यन्त्र जडान गर्ने र त्यसलाई सिधै केन्द्र संग सम्पर्क गराउने, त्यसो गर्दा त्यो बस कहाँ पुग्यो र कुन गतिमा गुड्दै छ भन्ने सबै details केन्द्रलाई थाहा हुन्छ।  यो गर्नु अति आबश्यक छ , यसले जथाभावी गाडी रोकेर मान्छे चडाउने र धेरै समय गाडी रोक्ने जस्ता समस्याको समाधान गर्छ। यो सस्तो र भरपर्दो उपाय हो।  आजको बैज्ञानिक युगमा सबै सवारी साधनको database  किन नराख्ने ? 


Wednesday, April 13, 2016

How Far can we See?

Have we ever given some time to imagine what would the world look like in next 10-15 years? What would be the next big thing that science come up with? Does the poverty and hunger get completely eradicated? 

More importantly, what does Nepal look like in the next 15 years? Do we progress exponentially or we still opt logarithmic progression? Can we cope with these political instability and economic crisis in a better way? What are the sectors that we will improve and what are the sectors that we will fall back ? Future is somehow predictable based on the past knowledge and the past statistics. If we know enough statistics about the past, we can say something about the future and we can take actions accordingly to improve from the past mistakes.

 Let us all imagine what type of nation we want to build in the future and where do we want to see our country in next 10-15 years? Then let us study all the relevant statistics from all the fields and compare our ideal scenario and the actual statistical analysis. Let us see what are the factors that need improvement and what are the ways to mitigate and minimize the mistakes. If everyone in the responsible field feel their responsibility and start imagining with cool head about the future of the country, we can easily find some progressive solutions. Then we can see if not exponential but square growth on the economic, social, education, health, science and research plus political curves. 

Most important thing is to closely study the mistakes and take massive actions to improve ourselves. Let us be serious everyone. Our future is determined by the present actions that we take. Let us think some years ahead when we take any action. 

Monday, April 4, 2016

फोहर व्यबस्थापन - जर्मन तरिका

  चरम औद्योगिकीकरण, चुस्त व्यबस्थापन र कडा नियम कानून जर्मनीका बिशेषता हुन् तर  संसारले सधैँ प्रशंसा गर्ने र अचम्म मान्ने यहाँको फोहर व्यबस्थापनको तरिका  पनि हो।  नौ करोड हाराहारी जनसंख्या भएको देशमा यति सजिलै कसरी फोहर व्यबस्थापन गरेको होला भन्ने उत्सुकता ममा पनि सधैँ रहिरह्यो । त्यसैले मैले यो कसरी सम्भव रहेछ भनेर विभिन्न श्रोतबाट केहि अनुसन्धानहरु  गरें, कति कुरा म आफैले पनि देखेको छु । यिनै कुराहरु म यहाँ  उल्लेख गर्दैछु। मेरो चाहना भनेको नेपाल सरकार, नेपाली जनता र नेपाली नेताहरुले पनि यी कुरा मनन गरुन्  र नेपालमा कसरी दिगो रुपमा फोहर व्यबस्थापन गर्न सकिन्छ भन्ने  अनुसन्धान सुरु गरिहालुन् भन्ने हो । यहाँको तरिका  नेपालमा पूर्णरुपमा लागू नभए पनि 20% मात्र गर्न सक्यो भने अहिलेको फोहर व्यबस्थापनमा धेरै सहजता आउँछ र फोहरको नाम मा हुने विभिन्न खाले राजनीति बन्द हुन्छ ।  हामीलाई संसार बाट सिक्ने अवसर छ, किन नसिक्ने ? अनि सिकेका कुरा किन लागू नगर्ने ?

जर्मनीमा फोहर ब्यबस्थापनमा बिषेशत निम्न कुराहरुमा ध्यान दिइएको छ ,
Household  mobile container 
Big mobile container 
    Big Roll off container 
    A  Skip  container

  • प्रबिधि - पक्कै पनि प्रबिधि अति आबस्यक छ जस अन्तर्गत निम्न कुराहरु छन्: १) फोहर संकलन र ढुवानी: संकलनको लागि उपयुक्त कन्टेनर र ढुवानी को लागि उपयुक्त साधन आवस्यक पर्छन् । जर्मनीमा प्रयोग हुने केहि कन्टेनरहरु चित्रमा देखाइएका छन् 
    २ ) फोहर भण्डारण र प्रसोधन : विभिन्न प्रकारका फोहर भण्डारण गर्न विभिन्न landfill sites हरु हुन्छन्, उचित ठाउँ र बिशेस जग्गा छुट्याउनु सरकार को दायित्व अन्तर्गत पर्दछ। यसरि भण्डारण गरिएका विभिन्न बस्तुलाई छुट्टा छुट्टै प्रसोधन गरिन्छ।  कागज पत्र , ग्लास , साना साना पाकेट , ठुला पाकेट , कुहिने पदार्थ नकुहिने पदार्थ आदि लाइ पहिला नै विभिन्न कन्टेनर मा छुट्टाइएका हुन्छन्।  कुन रंग को कन्टेनर मा के राख्ने भन्ने नियम हुन्छ जस्तै नीलो कन्टेनर मा पेपर मात्र राख्न पाउछ, कालो मा कुहिने बस्तु इत्यादि। यसरि छुट्टा छुट्टै कन्टेनर बाट गाडी मा हप्तामा एकपटक फोहर जम्मा गरिन्छ र landfill sites मा प्रसोधन्को लागि लगिन्छ। 

    Advanced digital container 

    Loaded collection vehicle 
    Collection vehicle 
    Container in public stores 
    Recycling Drop off container 

    Collection vehicle 
    • संरचना : यो काम कसले गर्ने त ? जर्मनीमा 1000 भन्दा बढी साना र ठुला प्राइभेट तथा पब्लिक  संस्थाहरु फोहर ब्यबस्थापनमा संलग्न छन् । घरायसी फोहर मैला ब्यबस्थापनमा प्राइभेट संस्थाको  65%  भन्दा बढी संलग्नता देखिन्छ, यो हाम्रो लागि एउटा ठुलो उपदेश पनि हो प्राइभेट संस्थालाई यस्तो कार्यमा संलग्न गराउने र बढी भन्दा बढी प्रतिस्पर्धा गराउने।  
    • नियम कानून: प्राइभेट र पब्लिक सेक्टरमा हुने यस्ता प्रतिस्पर्धालाई कानुनमा व्यवस्था गरेर मिलाइएका छन् र  प्रत्येक राज्यका आफ्नै नियम कानून छन्। तर जर्मनीले मात्र हैन EU भरिका राष्ट्रहरुले बिशेस कानून अनुसार बिसेस प्रकारका फोहर मैलाको उचित ब्यबस्थापन गर्नै पर्छ। जस्तै closed substance cycle and waste management act जस अन्तर्गत पुन प्रयोग गर्न सकिने बस्तुलाई पुन प्रयोग गर्नु पर्छ, packaging act - सहि र पुन प्रयोग गर्न सकिने प्याकेज लाइ पुन प्रयोग गर्नु पर्छ , यो स्टोर र पसलहरुमा पालना गर्नुपर्छ , end-of-life vehicle act , battery act, waste deposit act जस्ता अरु थुप्रै नियमहरु पालना गर्ने पर्छ (http://www.retech-germany.net /english /topics / waste_management_made_in_germany/legislation/dok/199.php )
    • लगानी (वित्त ): यस्ता संस्थाहरु कसरी चलेका छन् र कसले लगानी गरेको छन् ?  जर्मनीमा "polluter-pays" भन्ने चलन छ अर्थात् जसले बढी  फोहर पैदा गर्छ उसले बढी तिर्छ।  यसले पुन प्रयोग हुने सामानलाई पुन प्रयोग गर्न पनि प्रोत्साहन गर्छ। किन-बेचका फोहर हुन् भने किन्ने र बेच्ने दुवै पैसा तिर्न भागिदार हुनु पर्छ अथवा पुन प्रयोग हुने वस्तु पुन प्रयोग गर्नु पर्छ।  कति साना उद्योग हरुले पुन प्रयोग हुने फोहर जम्मा गरेर बेच्दै आम्दानि गर्न सक्छन र अरु धेरै राष्ट्रहरुमा जस्तै जर्मनीमा पनि कतिपय बिशेस खर्चमा सरकारले कर तिरेको पैसा पनि लगानी गर्छ तर सरकारी काम सधै सोचे जस्तो भरपर्दो र छिटो नहुने हुनाले प्राइभेट र पब्लिक सेक्टर नै बढी लोकप्रिय छन्।  
    • अनुसन्धान / अध्ययन : जुनसुकै देश जर्मनी, जापान या अमेरिका विकास हुनुको महत्वपुर्ण कारण भनेको त्यहाँ हुने अनुसन्धान र अध्यापनको गुणस्तर नै हो । उपयुक्त समयमा उपयुक्त शिक्षा दिनु र नया नया कुरामा निरन्तर अनुसन्धान गरेर नै अहिले को विकास सम्भव भएको छ।  त्यसैले अध्यन र अनुसन्धानलाई सधै प्रोत्साहन गर्नु पर्छ।  जर्मनीका प्रत्येक ठुला विश्वबिद्यालयहरुमा फोहर ब्यबस्थापन सम्बन्धि पढाइन्छ र अनुसन्धान गराइन्छ जस्तै waste management and landfill technology, Höxter; Renewable energy and process efficiency, Hamburg; Environment and Resource logistics, Dortmund; Sustainable Energy and environmental technology, Göttingen; Institute for sanitary engineering, water quality and solid waste management, Stuttgart; Department of processing and Recycling, Aachen and so on...  यसरी नया नया प्रबिधि र जनशक्ति विकास हुदै जान्छ। 

    म स्वच्छ काठमाडौँ मात्र हैन स्वच्छ नेपाल र स्वच्छ पृथ्वी को समर्थक हुँ। त्यसको लागि हामीले बैज्ञानिक तरिका अपनाउनु नै पर्छ । नेपाल जस्ता देशले अरु राम्रो र बिकसित देशहरु बाट सिक्नुपर्छ र सकेसम्म चाडो फोहर ब्यबस्थापन र बाताबरण सम्रंक्षणमा ध्यान दिनुपर्छ ।  कुन देश राम्रो कुन नराम्रो भनेर सराप्न छोडौ, पहिला हाम्रो देशलाई राम्रो र सुन्दर बनाउन तिर लागौं न । 

    Thursday, January 14, 2016

    Faster and Better Development in Nepal

    The other observation I have in mind at this stage is about the economic revolution in modern era. How can the poor countries grow faster economically ? This is an important question to poor countries like Nepal which has a huge potential to increase the economy in a few years time. But it obviously requires a better economic plan with managed and visionary development works side by side. Economic growth and development are interdependent. Development brings economic growth and economic growth brings development.

    The vital question is how can we improve the standard of our economy?. There are some points that everyone who is involved in the development of the country should understand:

    First thing one has to realize that the world is changing very rapidly and it is very vibrant. Hence, following the development principles as observed in 40s and 50s do not help much. An extensive and higher level of thinking incorporating all possible areas with the better vision for the upcoming future demands is needed. Undoubtedly, we learn from the past but we need to improve our shortcomings and follow our achievements.

    Second thing is always make long term plans. Short term plans need a lot of energy and becomes worthless after certain period of time. Think for at least 30-40 years ahead. Since we are developing late, we have the chances to learn from the experiences of all other countries in the world, we have chances to learn from their failures and also to learn from their successes, so that we can design our own improved economic model

    Third thing is the need for a good research on our own country. Do an extensive study, make a survey, simulate the models and list all the consequences. Always bear in mind that environment is the most important aspect of our life. Never compromise any projects against the environment. We remain healthy as long as the environment is protected, else development makes no sense.

    Fourth thing is the priorityPlan a highest priority project at first and make it successful, which provides motivational boost to the planner, executors and the general public. This one boosts the economy of the country visibly. For example, setting up an industry, in the context of Nepal- IT companies, a large scale tourism industry, a large scale agricultural firm, a huge construction project, roads or hydroelectricity, etc. Anyone can boost the economy very well. This really acts as a capsule to improvise the unstable politics and poor economic condition.

    Sincere government efforts really matter. Side by side change the social systems such as education and health status, salary, some government policies and so on. Promote investors, foreign and national.When the country starts growing economically, the social discrepancies are slowly removed. Prioritize quality education and quality health. Take care of the basic needs of the people. That is what all demand. All the rest will then run in a cycle until you make sure that the conditions are improving.

    Once quality education and basic needs are all provided as the input, the system acts completely. It goes in a loop and we keep on improving. We improve the standard of living of all the people, we provide them benefits and make them work. The political instability will end because people are busy working than promoting dirty politics.

    All we need is to conduct a research, plan our own model taking all the success points from all the developed countries suitable for our own country, put sincere efforts on implementing these plans and side by side improve the social infrastructures such as quality education and quality health. Rest will happen automatically since quality inputs are bound to provide quality outputs as long as the system is stable and well-functioning. 


    Friday, June 26, 2015

    एक एक मिलेर हजार बन्छ

    एक एक मिलेर हजार बन्छ, थोपा थोपा मिलेर सागर बन्छ, व्यक्ति व्यक्ति मिलेर समाज बन्छ अनि समाज समाज मिलेर राष्ट्र बन्छ। त्यसैले सबल राष्ट्र बन्न को लागि स्वच्छ र समतामुलक समाज बनाउनु जरुरि छ, जुन काम हामी  समाजका प्रत्येक व्यक्तिको हो। तसर्थ समाज र राष्ट्र सुध्रिनको लागि हामी  सबैजना सुध्रिनु पर्छ, प्रत्येक व्यक्तिमा सकारात्मक सोच र बदलिने सक्ने क्षमता आउनुपर्छ । सुरुवात आफैँबाट गर्नुपर्छ, अनि मात्र अरुलाई औंला ठड्याउन सकिन्छ । त्यसैले हामीमा एउटा बलियो अठोट चाहिन्छ, त्यो हो आफ्नो व्यक्तिगत सोचलाई बदल्ने, त्यो हो आफुमा भएको नकारात्मकतालाई स्वीकार्ने अनि सकारात्मक सोच बोकेर अगाडि बढ्ने। विकासको ठूलो खुड्किलो उक्लनु भनेको आफूलाई सकारात्मक्ता तिर  बदल्नु नै हो, पुराना सोच नबद्ले सम्म म नयाँ सोचलाई स्थान दिन सक्दिन अनि त्यहि पुरानो ममा मैले विकास भेट्न सक्दिन । यो गुदि कुरो हामी सबैले बुझ्नु र स्विकार्नु पर्छ । विकासलाई बोक्नु अगाडि परिबर्तनलाई पनि बोक्न सक्नुपर्छ, परिबर्तनलाई बोक्न डराउने हो भने विकासलाई बोक्न पनि सकिन्न। सर्बप्रथम हामी सबैले यो कुरा बुझौं र एकपटक  मनन गरौँ ।

    "Insanity is doing the same thing again and again and expecting the different results." अर्थात   पुरानै शैलीका काम बारम्बार गरेर नयाँ नतिजा पाउने आशा गर्नु फगत पागलपन मात्र हो, यो अल्बर्ट आइन्स्टाइन को भनाइ हो । यसमा पनि त्यहि गुदि सत्य उल्लेखित छ।  त्यसैले प्रत्येक दिन मैंले आफैंलाई प्रश्न गर्छु "के म आज हिजोभन्दा प्रगतिशील छ कि छैन ?, हिजो भन्दा परिबर्तित छ कि छैन?", यी  प्रश्नका उत्तर सकारात्मक आए भने म विकासतर्फ उन्मुख छु। यो कुरा तपाइँमा पनि लागू हुन्छ अनि हाम्रो देशमा पनि ।

    म र तपाइँ परिबर्तन हुनु, म र तपाइँ प्रगतिशील हुनु भनेको हाम्रो समाज परिबर्तन हुनु हो, हाम्रो समाज प्रगतिशील हुनु हो किनकि हाम्रो समाजको निर्माता  हामी आफै नै हौं । अनि हाम्रो समाज प्रगतिशील हुनु भनेको देश प्रगतिशील हुनु हो अनि संसार प्रगतिशील हुनु हो। त्यसैले एक एकले आफ्नो दायित्वबोध गर्नेपर्छ, आफ्नो दायित्वबाट पन्छिनु भनेको आफ्नो उत्साह र क्षमता बाट भाग्न खोज्नु हो, त्यसले हाम्रो सन्ततिलाई नकारात्मक प्रगतितिर धकेल्छ अनि हामी सधै पछाडि नै रहन्छौं।  त्यसैले हामी प्रत्येकले थोरै मात्र भए पनि आफ्नो सामाजिक दायित्व बोध गरौँ । हामी आफुले आफुलाई  यी प्रश्नहरु सोधौं   र आफै संग जवाफ खोजौं - 'मेरो समाज कस्तो छ र यो समाजमा मेरो दायित्व के हो ?', 'के मैले समाज निर्माणमा सकारात्मक भूमिका निर्बाह गरेको छु ?'  'के शिक्षित र प्रगतिशील समाज हुनु पर्दैन ?' यी प्रश्नका जबाफहरु सबै संग सकारात्मक नै हुन्छन किनकि सबैको चाहना एउटा सबल र समुन्नत राष्ट्र अनि एउटा प्रगतिशील र दक्ष्य समाज देख्ने छ।  त्यसमा जाने बुझेका, अनुभव बटुलेका र कर्मशीलले अलि धेरै रूपमा भूमिका निर्बाह गर्न सक्छन।  त्यसको एउटा उदाहरण हो समाजमा  चेतना बाँड्नु र सबैलाई कर्म गर्न प्रोत्साहन  गर्नु।

    सचेतना नै समाज निर्माणको सबैभन्दा ठुलो हतियार हो।  सदैब सचेत रहनु र आत्म-समीक्षा गर्न सक्नु एउटा सफल व्यक्तिको गुण हो।  सचेतना र आत्म-समीक्षाले नै हामीलाई कर्मठ र प्रगतिशील बनाउँछन्। त्यसैले यो ब्लग पढ्नु हुने सबैजनालाई  हामी एकपटक आफ्नो सामाजिक र राष्ट्रिय  भूमिकाको बारेमा  आत्म-समीक्षा गर्नु हुन आग्रह गर्दछौं किनकि सफलता र चेतना दुवै आफैबाट सुरु हुने हो, प्रेरणा मात्र अरु संग लिन सकिन्छ।  हामी त्यहि सोचले यो ब्लग सुरु गर्दैछौं, जहाँ हामी हामीले सिकेका, जानेका, पढेका, अनुभव गरेका, अनुसन्धान गरेका अनि देखेका सामाजिक र आर्थिक सुधारका कुराहरु  तपाईंहरु संग बाँड्न चाहन्छौं।  तपाईंहरु पनि आफुले जानेका र अनुभव गरेका कुराहरु हामी र अरु पाठकहरु संग साटासाट गर्न सक्नुहुन्छ ।

    हामी  सबैसंग प्रतिक्रिया लिएर समाज  विकास र सामाजिक सुधारमा सकारत्मक रुपले लागिपर्न सधै झक्झकाउने छौं। हामी नेपालको परिप्रेक्षमा सामाजिक र आर्थिक विकास कसरी गर्न सकिन्छ ?, पुष्ट र स्वच्छ अनि सबल समाज निर्माणमा बिज्ञान प्रबिधि र अनुसन्धानको आवश्यकता कति छ ? छिटो, दक्ष्य र बैज्ञानिक हिसाबले काम कसरी गर्न सकिन्छ ? ग्रामीण र सहरी बिकासमा के के योजनाहरु समेट्नु उपलब्धिमुलक हुन्छ ? शिक्षा र स्वास्थ्यमा के के रणनीति अति आवस्यक छन् ? संसारको अरु देशमा कस्तो कस्तो सामाजिक बिकासका परियोजना छन् ? भन्ने जस्ता गहन बिसयहरु यो ब्लगमा समेट्ने छौं। र  हामी हाम्रो तर्फबाट कसरी समाजलाई आवश्यक सहयोग दिन सक्छौं र तपाईंहरु आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सक्नुहुन्छ भन्ने कुराहरुको पनि सुझाब र जानकारी दिने छौं। सामाजिक र आर्थिक बिकासमा हामी हरप्रकारले हाम्रो भूमिका निर्बाह गर्न लागिपर्नेछौं।

    युवा पुस्ताको सोच, साथ र उत्साहले नै देशले काँचुली फेर्छ भन्ने हाम्रो ठोकुवा छ।  त्यसैले  के अब हामी जाग्ने समय भएन र ? आफु आफु मिलेर समुन्नत समाज बनाउने बेला भएन र ? राम्रा व्यक्तिहरुले, देशको भलो चिताउने व्यक्तिहरुले आ-आफ्नो दायित्व बहन गरेर राष्ट्रनिर्माणमा लागौं, नराम्राहरु बिस्तारै राम्रोमा परिणत हुदै जान्छन्। यही भावनालाई आत्म-सात गर्दै हामी सबै अगाडी बढौं। सबैलाई शुभ कार्यमा हाम्रो मुरी मुरी शुभकामना छ।